यस्तो छ अभिनेत्री सोनाक्षी सिन्हाको नयाँ अपार्टमेन्ट

अभिनेत्री सोनाक्षी सिन्हाले मुम्बईमा नयाँ अपार्टमेन्ट किनेकी छन्।

उनले इन्स्टाग्राममार्फत आफ्नो नयाँ अपार्टमेन्टको तस्बिर सार्वजनिक गरेकी छन्। तस्बिरमा उनलाई आफ्नो अपार्टमेन्टको फर्निचरमा पोज दिइरहेको देख्न सकिन्छ।  

'वयस्क-कठिन! टाउकोमाथि बिरूवा र भाँडा, बत्ती र प्लेट, कुसन र कुर्सी, टेबल र चम्चाकाँटा र डिब्बाहरू घुमिरहेको छ। घर बनाउन सजिलो छैन,' उनले लेखेकी छन्। उनको अपार्टमेन्टबाट समुद्रको दृश्य देखिन्छ। 

यसअघि सोनाक्षी आफ्नो बुवा शत्रुघ्न सिन्हा र आमा पूनम सिन्हासँग मुम्बईको जुहुमा बस्थिन्। अहिले उनले आफ्नो लागि बान्दा वर्ली सी लिंकमा अपार्टमेन्ट किनेकी हुन्। 

सोनाक्षी प्राइम भिडिओ वेब सिरिज 'दहाड' मा देखिनेछिन्। क्राइम ड्रामा सिरिजमा सोनाक्षी सिन्हा, विजय वर्मा, गुलशन देवैया, सोहम शाहलगायत कलाकारको अभिनय छ।

यस वेब सिरिजलाई रीमा कागती र रूचिका ओवरायले निर्देशन गरेका हुन्। योसँगै उनी 'काकुडा' र 'द बुक अफ डार्कनेस' फिल्ममा देखिनेछिन्।

प्रतिक्रिया गर्नुहोस्