ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणबारे छलफल गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक आज बस्ने भएको छ।

पार्टी कार्यालय बसुन्धारामा मंगलबार बिहान ११ बजे बस्ने बैठकमा ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणबारे छलफल गर्ने तयारी छ।

रास्वपाबाट सांसद रहेका श्रेष्ठले मेडिकल व्यवसाथी दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ सार्वजनिक भएको थियो।

श्रेष्ठमाथि रास्वपाले स्पष्टीकरणसमेत सोधेको थियो। उनले पार्टीलाई सोमबार स्पष्टीकरण बुझाइसकेका छन्। उक्त स्पष्टीकरणबारे अनुशासन आयोगमा छलफल हुने र केन्द्रीय समितिलाई सिफारिस गर्ने तयारी छ।

प्रतिक्रिया गर्नुहोस्