३३ वर्षपछि नापोली च्याम्पियन

नापोलीले ३३ वर्षपछि पहिलो इटालियन सिरी एको उपाधि जितेको छ। 

उडिनेसेसँग लिगको ३३औं खेलमा बराबरी खेलेपछि नापोलीको ५ खेलअघि उपाधि पक्का भयो। 

दोस्रो स्थानको लाजियोभन्दा १६ अंकले अघि रहेपछि नापोलीले ५ खेलअघि उपाधि जितेको हो। शीर्ष नापोलीको ३३ खेलबाट ८० अंक छ भने लाजियोको ६४ अंक छ।

नापोलीले अन्तिम पटक १९९० मा उपाधि जितेको थियो। नेपोलीले तेस्रो सिरी ए उपाधि जितेको हो। 

नापोलीले यसअघिका दुई उपाधि अर्जेन्टिनाका दिग्गज म्याराडोनाको समयमा १९८७ र १९९० मा उपाधि जितेको थियो।

नापोलीका लागि नाइजेरियाका फरवार्ड भिक्टर ओसिमहेनले २६ लीग खेलहरूमा २१ गोल गरेका छन् भने जर्जियाका विंगर खविचा क्वारात्स्केलियाले १२ गोल र १० असिस्ट योगदान गरेका छन्।

६४ वर्षका प्रशिक्षक लुसियानो स्पालेट्टी सेरी ए जित्ने सबैभन्दा पाका प्रशिक्षक बने। 
 

प्रतिक्रिया गर्नुहोस्