धरानको श्रमदान अवलोकन गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई हर्क साम्पाङको निमन्त्रणा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदानको अवलोकन गर्न निमन्त्रणा पठाएका छन्।

मंगलबार शीतलनिवास र बालुृवाटारलाई पत्र लेख्दै मेयर साम्पाङले धरानमा खानेपानीको समस्या र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकनका लागि आमन्त्रण गरेका हुन्। 

पत्रमा उनले श्रमदानमा सहभागिता जनाउन पनि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरेका छन्। 

‘... यसै अवसरका बाबजुद धेरै समस्या र चुनौतीहरू पनि धरानमा रही आएको छ। दशकौं पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या, आपुर्तिको अवस्था र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत  अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु,’ मेयर साम्पाङले लेखेको पत्रमा उल्लेख छ। 

प्रतिक्रिया गर्नुहोस्