बालुवाटारमा मिटरब्याजी पीडितहरूले धर्ना दिएका छन्।
उनीहरूले आफूहरूका समस्या प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सुनाउन चाहेका छन्।
तर आज बिहान बालुवाटारतर्फ लम्किरहेका उनीहरूलाई प्रहरीले रोकेको छ। उनीहरूले बालुवाटार नजिकै सडकमा प्रदर्शन गरेका थिए भने धर्ना पनि दिए।
उनीहरूले तमसुक व्यवस्था खारेज गर्न र मिटरब्याजविरूद्ध कानून बनाउन पनि माग गरेका छन्।
मधेशका विभिन्न जिल्लाबाट मिटरब्याजी पीडितहरू हिँडेर काठमाडौंमा 'न्याय' माग्न आएका थिए।
मिटरब्याजी पीडितहरूलाई आज गृहसचिव विनोदप्रकाश सिंह र काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भेटेर कुराकानी गरेका छन्।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि आज मिटरब्याजी पीडितहरूलाई भेटेर समस्या समाधानका लागि पहल गर्ने बताएका छन्।
सोमबार जनमत पार्टीका अध्यक्ष सिके राउतले मिटरब्याजी पीडितलाई भेटेर समस्या समाधानका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत जनाएका थिए।
प्रतिक्रिया गर्नुहोस्