फिल्म 'पासाङः इन द स्याडो अफ एभरेष्ट' वैशाख १० गतेदेखि प्रदर्शन हुने

प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पामा आधारित फिल्म 'पासाङः इन द स्याडो अफ एभरेष्ट' हलमा प्रदर्शन हुने भएको छ।

यो फिल्म वैशाख १० गतेदेखि हलमा प्रर्दशन हुने लागेको हो। बुधबार आयोजित प्रिमियर शोमा देशभरका क्युएफएक्स हलमा फिल्म प्रदर्शन हुने पासाङ ल्हामु फाउन्डेशनले जानकारी दिए। 

यो फिल्म ३० औं पासाङ ल्हामु दिवसको अवसर पारेर देशभर प्रदर्शन गर्न लागिएको हो।

पासाङ ल्हामु शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक बढी समय लगाएर फिल्म तयार पारेको फाउन्डेशनका अध्यक्ष दावा फुटी शेर्पाले बताइन्।

७२ मिनेट लामो फिचर फिल्मको निर्माता शेरोन वुड र आङ दोर्जे शेर्पा रहेका छन्। 

 

 

फिल्मले पासाङ ल्हामु शेर्पाको दुखद र प्रेरणादायी यात्राको वर्णन गर्दछ। नेपाली समाजमा दुर्गमका एक अशिक्षित, आदिवासी महिलाले अघि बड्न गरेको संघर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोग लगायतका विषय जोडेर फिल्म तयार पारिएको छ।

यो फिल्म अन्तराष्ट्रिय क्षेत्रमा भएका ३० वटा फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ। टेलुराइड, कोलोराडो, बान्फ, क्यानडा र बेलायतको केन्डल माउन्टेन फेस्टिभल र अन्य फेस्टिभलहरूमा १४ वटा पुरस्कार समेत जितिसकेको छ।

प्रतिक्रिया गर्नुहोस्