फ्रान्सका राष्ट्रपति म्याक्रोंले भेटे चिनियाँ समकक्षी,रूस–युक्रेन युद्धबारे कुराकानी

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले चिनियाँ समकक्षी सी जिनपिङलाई रूस–युक्रेन युद्ध रोक्नका लागि भूमिका खेल्न आग्रह गरेका छन्। 

चीनको भ्रमणमा रहेका राष्ट्रपति म्याक्रोंले समकक्षी सीसँगको भेटमा युरोपमा दशकौंदेखिको शान्ति रूसका कारण खलबलिएको बताए। 

सिएनएनका अनुसार राष्ट्रपति म्याक्रोंले युरोपको शान्ति फर्काउन चीनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

रूस–युक्रेन युद्धको विषयमा चीन तटस्थ रहँदै आएको छ। युरोपका मुलुकहरूले रूसको कदमको निन्दा गरपनि चीनले अहिलेसम्म युद्धबारे प्रतिक्रिया दिएको छैन। 

युद्ध जारी रहेकै समयमा चिनियाँ राष्ट्रपति सीले रूसको राजकीय भ्रमण गरेका थिए।

 

 

बिहीबार फ्रान्सका राष्ट्रपतिसँगको भेटमा सीले दुई देशको आपसी सम्बन्धबारे कुराकानी गरेको सिएनएनले जनाएको छ। 

राष्ट्रपति सीले म्याक्रोंको भ्रमणले फ्रान्स र चीनको सम्बन्ध थप बलियो भएको बताएका थिए। यसले दुई देशको व्यापारिक सम्बन्धमा पनि थप सुधार हुने सीको भनाइ थियो।  

प्रतिक्रिया गर्नुहोस्