काठमाडौंमा यहि जेठ २२ गते First Hissan marathon -2023 सम्पन्न हुने

काठमाडौं "Let´s Run Together for Environment" भन्ने मुल नाराका साथ उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय सघं नेपाल (हिसान) काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा यहि जेठ २२ गते सोमबार  First HISSAN Marathon-2023 सम्पन्न हुन गइरहेको छ । सन्देश टुडे सँगको कुराकानिमा यस कार्यक्रमका सचिव गोपिराज पराजुलिले भने   "हिशानले  एकातर्फ शिक्षाको निति  स्वरुप र दिशा निर्धारणमा सरकारलाई हिसावले सहयोग गरिरहेकको छ भने अर्को तर्फ विभिन्न समयमा समसामयिक विषयबस्तुहरुमा छलफल बहस चलाउने एवं जनसरोकारका विषयहरुमा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । वातावरण संरक्षण आजको एक महत्त्वपूर्ण चुनौती भएको यथार्थ विदितै छ । वातावरण आफैमा एउटा बहुआयामिक विषय रहेको सन्दर्भमा हामीले पनि यसको महत्व दर्साउने हिसवले हाम्रो कार्यक्रमको मिति जुन ५ विश्व वातावरण दिवसलाई रोजेका हौ र मुल नारा समेत यसै सँग जोडेका  हौ। यसै वातावरण संरक्षण गर्ने बिषायमा गम्भीर बन्न  राज्य  र सम्पूर्ण सम्वन्धित निकायहरूको ध्यानाकर्षण गर्न चाहान्छौ"

कार्यक्रमका आकर्षणहरु हरु :
कार्यक्रम जेठ २२ गते ,2080(जुन 5 2023)बिहान ठिक ७ बजे हिसान कार्यलय रहेको Trade power, थापाथलिबाट माननिय यूवा तथा खेलकुद मन्त्री  डिकबहादुर लिम्वुको समानुपस्थितिमा शुरु हुनेछ । तोकिएको तहका नियमित बोद्यार्थीहरुले मात्र प्रतियोमा भाग लिन पाउने छन । म्याराथुनको रुट थापथली Trade power , थापाथली , त्रिपुरेशवर (रंगशाला) ,सुनधारा , न्युरोड , रत्नपार्क ,जमल त्रिचन्द्र कलेज ,पुरानो वसपार्क ,रामशाहपथ , माइतिघरहुँदै पुन सुरु भएको विन्दुमा आएर समापन हुनेछ । यसको तयारिको प्रबिधिक पाटो लगभग सकिएको आयोजकले जनाएको छ । 
आयोजकका अनुसार  प्रतियोगितमा महिला र पुरुष गरि कुल करिव ३०० जना प्रतिस्प्रधीहरु सहभागी हुनेछन्। महिला र पुरुष दुवै तर्फ प्रथम द्दितिय र तृतिय हुने प्रतिस्प्रधिहरुलाई क्रमस : नगद रु. १५००० , रु. १००००, रु. ५००० पुरस्कारको व्यबस्था गरिएको छ । साथै महिला र पुरुस दुबै तर्फ थप ३/३ जनालाई  सान्त्वना पुरस्कार स्वरुप  रु. १००० उपलब्ध गराइने उक्त कार्यक्रमका अध्यक्ष सिवप्रसद आधिकरी ले बताउनु भयो । कार्यक्रम तयारिमा आज सम्म साथ र सहयोग दिनु हुने सम्पूर्ण माहानुभाव प्रती आभार व्यक्त गर्दैछौ । कार्यक्रमको दौरानमा नेपाल प्रहरी,   ट्राफिक प्रहरी  लगायतका सम्वन्धित निकायहरुबाट पुर्ण सहयोगको अपेक्षा गरेका छौ अधिकारिले भन्नु भयो यसैगरि हस्पिटल पार्टनरको रुपमा सहयोग गर्ने frontline hospital पनि बिशेष धन्यवाद साथै  साम्पुर्ण शैक्षिक संस्थाहरु र बिद्यार्थीहरुलाई उत्साहपुर्वक रुपमा सहभागिता जनउनुहुन विशेष अपिल पनि अध्यक्ष  सिवप्रसद  अधिकारिले गरेका छन् ।
हिशानले एकातर्फ शिक्षाको निति  स्वरुप र दिशा निर्धारणमा सरकारलाई हिसावले सहयोग गरिरहेकको छ भने अर्को तर्फ विभिन्न समयमा समसामयिक विषयबस्तुहरुमा छलफल बहस चलाउने एवं जनसरोकारका विषयहरुमा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।  अन्त्यमा सचिव पराजुलि ले भने "  वातावरण  संरक्षण आजको एक महत्त्वपूर्ण चुनौती भएको यथार्थ विदितै छ । वातावरण आफैमा एउटा बहुआयामिक विषय रहेको सन्दर्भमा हामीले पनि यसको महत्व दर्साउने हिसवले हाम्रो कार्यक्रमको मिति जुन ५ विश्व वातावरण दिवसलाई रोजेका हौ र मुल नारा समेत यसै सँग जोडेका हौ। यसै वातावरण संरक्षण गर्ने बिषायमा गम्भीर बन्न  राज्य  र सम्पूर्ण सम्वन्धित निकायहरूको ध्यानाकर्षण गर्न चाहान्छौ"।  

प्रतिक्रिया गर्नुहोस्