गिलको शतकमा शीर्ष स्थानको गुजरातको जित, लिग चरणमा शीर्ष दुईमा पर्ने पक्का

आइपिएल २०२३ मा शीर्ष स्थानको गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ।

सोमबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ९ विकेटको क्षतिमा १८८ रन जोड्यो।

उसका लागि शुभमन गिलले १०१ रन जोडे। उनले ५८ बलमा १३ चौका र १ छक्का प्रहार गरे। साइ सुदर्शनले ४७ रनको योगदान गरे। बलिङमा हैदरावादका भुवनेश्वर कुमारले ५ विकेट लिए। 

१८९ रनको लक्ष्य पछ्याएको हैदरावादले ९ विकेटको क्षतिमा १५४ रन जोड्न सक्यो।

हैदरावादका हेनरिक क्लासनले ६४ रन र  भुवनेश्वर कुमारले २७ रन जोडे। बलिङमा गुजरातका मोहमद सामी र मोहित शर्माले ४-४ विकेट लिए।

जितसँगै शीर्ष स्थानको गुजरातले १३ खेलबाट १८ अंक जोड्दै लिग चरणमा शीर्ष दुईमा पर्ने पक्का गर्‍यो।

हैदरावाद भने ८ अंक जोडेर पुछारबाट दोस्रो अर्थात् नवौं स्थानमा छ, उसको प्लेअफ सम्भावना सकिएको छ।

प्रतिक्रिया गर्नुहोस्