त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सुरू भएको २०७६ सालदेखि हो। अहिलेसम्म हामीले १० जनामा कलेजो प्रत्यारोपण गरेका छौं। अस्पतालमा कलेजो प्रत्यारोपणका लागि सोमबार र बुधबार सर्जरी हुन्छ। कलेजो प्रत्यारोपणका लागि विभिन्न अस्पतालबाट रिफर हुन्छन्। तर रिफर हुँदैमा प्रत्यरोपण हुन्छ भन्ने होइन। पहिला त प्रत्यारोपण जरूरी छ कि छैन भनेर हामी हेर्छौं। बिरामीलाई प्रत्यारोपण चाहिने रहेछ भनेमात्र हामीले अरू प्रक्रिया अघि बढाउँछौं। कलेजो चाहिने व्यक्तिलाई नजिकका नातेदारले मिर्गौला दिन मिल्छ। १८ वर्षदेखि ५५ वर्षसम्मका स्वस्थ व्यक्तिको कलेजो लिन मिल्छ। सकेसम्म रगतको समूह मिल्नेसमेत हामीले हेर्छौं।
त्यसपछि अरू प्रक्रिया सुरू हुन्छ। प्रत्यारोपणपछि हुन सक्ने जटिलतासमेत हेर्छौं। सकेसम्म दातालाई ठूलो समस्या नहोस् भनेर ध्यान दिन्छौं। दाताको सबै स्वास्थ्य परीक्षण गरिन्छ। प्रत्यारोपण गर्दा बिरामीलाई सहज हुन्छ कि हुँदैन भनेरसमेत हेर्छौं।
कहिलेकाहीँ यो प्रक्रियाकै लागि २/३ हप्ता लाग्छ। प्रत्यारोपण गर्ने निर्णय भएपछि ८-१० दिनअघि नै बिरामी हामी अस्पतालमा राख्छौं।
प्रतिक्रिया गर्नुहोस्