गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार 'हेर दिन ढल्यो' नामको गीत युट्युबमा सार्वजनिक भएको हो। गीत अहिलेसम्म ६६ हजारले हेरिसकेका छन्। बस्तीमा कुनै दिन उज्यालो थियो भन्दै अहिले उज्यालो अन्तै बसाइँ सरेकोमा उनले चिन्ता व्यक्त गरेका छन्। गीतमा कृष्णसिंह पेलाको शब्द छ। गीतमा संगीत तथा स्वर तिलकको छ। संगीत संयोजन रिदम कँणेलले गरेका छन्। यसअघि उनको ‘के लत बस्यो' बोलको गीत हिट भएको थियो।
तिलकसिंह पेलाको नयाँ गीत 'हेर दिन ढल्यो' सार्वजनिक

प्रतिक्रिया गर्नुहोस्