यस्तो छ लिम्बू संस्कृतिमा बनेको फिल्म 'लुङा' को पोस्टर

लिम्बू संस्कृति बनेको फिल्म 'लुङा' को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। 

सार्वजनिक पोस्टरमा फिल्मका कलाकार बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरूङ राईलाई स्थान दिइएको छ। लिम्बू भाषामा साेल्टिनीलाई 'लुङा' भनिन्छ।

फिल्ममा राई लिम्बू संस्कृतिलाई विशेष महत्व दिएको निर्देशक किरण राईले बताए। यो फिल्म यसै साता सम्पन्न हुने दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा प्रदर्शन गरिनेछ भने हलमा साउन ५ गतेदेखि प्रदर्शन हुनेछ। 

ज्योतिराज राईको लगानी रहेको फिल्ममा बुद्धि तामाङ, भुवन सिंह राई, सारा लोहोरुङ राई, भिम शर्मा लिम्बु, प्रकाश दाहाल, अनुप लिंगिम, सुदिप जंग कार्की, गंगा बहादुर राई, सम्झना लिम्बु, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङलगायत कलाकारको अभिनय छ। 

किरण राईले निर्देशन गरेको फिल्ममा सञ्जिव राई, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिषा पाठक, मेनुका घिमिरे, कैलाश राई, टि आर साम्सोहाङ सह-निर्माता रहेका छन्। 

 

भुमिसा प्रोडक्सनसँग इस्टन मिडियाको सहकार्य रहेको फिल्मलाई किरण राईले छायांकन तथा सम्पादन गरेका हुन्। फिल्मलाई काठमाडौंमा जिजिए ग्रूप र काठमाडौं बाहिर एफडी कम्पनीले वितरणको जिम्मा दिएको छ।

प्रतिक्रिया गर्नुहोस्