गुल्मी तम्घासकी १९ वर्षीया सम्झना नेपाली त्यो बेला ७ कक्षामा पढ्थिन्। उनका बुवा चन्द्रबहादुर नेपाली घरमै रहेको पसलमा जुत्ता सिलाउने/बनाउने काम गर्थे।
चन्द्रबहादुर जुत्ता सिलाइरहँदा छेउमा टुसुक्क बसेर सम्झना बुवाले गरेको काम हेर्थिन्। उनका साथीहरू स्कुल छुट्टी भएर खेल्न जान्थे, उनी बुवालाई जुत्ता ओसारपसार गर्न सघाउँथिन्।
बुवालाई सानोतिनो काम सघाउँदा-सघाउँदै उनलाई पनि बुवाले गरेको काम सिक्न मन लाग्यो। एकदिन उनले बुवालाई आफूलाई पनि जुत्ता सिलाउने काम सिकाइदिन आग्रह गरिन्। सुरूमा त बुवाले पढ्नुपर्छ भन्दै काम सिक्न दिएनन्। तर उनले अड्डी कसिन्। छोरीले अड्डी कसेपछि बुवाले जुत्ता सिलाउने काम सिकाउन थाले।
उनले काम सिक्ने रहर त गरेकी थिइन् तर काम गर्न रहर गरेजस्तो सजिलो भएन। बलिया छालाका जुत्तामा सियो धागो छिराउँदा उनका कलिला हत्केलामा फोकाहरू उठे।
प्रतिक्रिया गर्नुहोस्