नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा अफिसियलको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा परीक्षण गरिएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मेडिकल संयोजक डा अभिषेकराज सिंहका अनुसार राष्ट्रिय टिमका खेलाडी तथा अफिसियलको मुटुको नि:शुल्क परीक्षण गरिएको हो।
सबै जनाको मुटुको अवस्था सामान्य देखिएको सिंहले बताए।
यसअघि सिंहकै पहलमा खेलाडी तथा अफिसियलको डेक्सा परीक्षण (शरिरको हड्डी परीक्षण) एपिएफ अस्पतालमा गरिएको थियो।
यस्तै गत चैत अन्तिम साता सिभिल सर्भिस अस्पतालमा खेलाडी र अफिसियलको नि: शुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
प्रतिक्रिया गर्नुहोस्