२५०० करोडमा बन्दैछ प्रियंका चोपडा अभिनीत वेब सिरिज 'सिटाडेल'

https://youtu.be/O0JG6V-12ac

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र रिचर्ड म्याडेन अभिनीत वेब सिरिज 'सिटाडेल' महंगो बजेटमा बन्ने भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार अमेजन स्टुडियोको स्पाइ-थ्रिलर वेब सिरिज ३०० मिलियन डलर (२५०० करोड भारू) मा बन्न लागेको हो। 

'द लर्ड अफ द रिङ्सः द रिङ्स अफ पावर’ पछि यो दोस्रो महंगो सिरिज हो। ‘द लर्ड अफ द रिङ्सः द रिङ्स अफ पावर’ ४६५ मिलियन डलरमा बनेको थियो। 

अमेरिकी सञ्चार माध्यमका अनुसार पहिला ‘सिटाडेल’ को बजेट १६० मिलियन डलर राखिएको थियो। सिरिजको केही दृश्य परिवर्तन गर्नुपर्न भएको हुँदा फिल्मको बजेट बढाइएको हो।

वेब सिरिजमा प्रियंका र रिचर्डसँगै स्टेनली टुकी, लेस्ली म्यानविल, ओसी इखिलेलगायत कलाकारको अभिनय छ। 

रुसो ब्रदर्सले निर्देशन गरेको सिरिज अमेजन प्राइममा ६ एपिसोड प्रदर्शन हुनेछ। सिरिजको पहिलो दुई एपिसोड २८ अप्रिलमा सार्वजनिक गरिनेछ भने २६ मेदेखि हरेक हप्ता नयाँ एपिसोड प्रदर्शन गरिनेछ। 

प्रतिक्रिया गर्नुहोस्