गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको मेरिल्यान्ड च्याप्टरको अध्यक्ष पदका लागि युवा ब्यक्तित्व प्रेम सुबेदीले आफ्नो प्यानल सहित उम्मेद्बारी दर्ता गराएका छन् ।
बिगतको कार्यसमितिका अधुरा कामहरु पूरा गर्न ,एक ब्यक्ति एक पद लाई स्थापित गर्न र युवाहरुलाई एकत्रित गर्न आफुले उम्मेद्बारी दिएको सन्देश टुडेलाई बताएका छन |
युवा ब्यक्तित्व प्रेम सुबेदीले यस् अगाडिको कार्यसमितिमा उपाध्यक्ष पदमा रहेर आफ्नो एक कार्यकाल पूरा गरिसकेका छन् ।सुबेदीको प्यानलमा उपाध्यक्षको पदमा राम कार्कीले आफ्नो उम्मेद्बारी दर्ता गराएका छन जो बाल्टिमोरको पूरानो बासिन्दा र खेलाडी को रुपमा चिनिन्छन् । त्यस्तै महिला उपाध्यक्षमा सृजना न्यौपाने लाई अघि सारिएको छ।बाल्टिमोरका परिचित युवा खेल प्रवर्तक तथा ब्याबसायी सन्जोग कार्कीले सचिवको पदमा उम्मेद्वार दर्ता गरेका छन् ।
महिला सचिवको पदमा महिला हस्ताक्षर कुशुम खड्काले आफ्नो उम्मेद्बारी दर्ता गराएकी छिन् ।बाल्टिमोरका हरेक उमेर समूहका ब्यक्तित्वहरु का लागि परिचित् नाम जनक पुन ले कोषाध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गरेका छन् ।त्यस्तै युवा संयोजकको नेत्रित्व सम्हाल्नका लागि आफू सक्षम रहेको दाबी गर्दै कृयाशिल युवा हस्ताक्षर दामोदर पौडेलले युबा सम्योजकमा आफ्नो उम्मेद्बारी दर्ता गराएका छन भने महिला संयोजकमा गीता सुवेदीले मनोनयन दर्ता गरेकी छिन् ।
सदस्यहरुमा पदम मरासिनी,दीपेन्द्र लामिछाने ,करिस्मा आले मगर ,बाबुराम भट्टराई, मनलाल जैसी, रोशनी सापकोटा रहेका छन् ।
निर्वाचन जुलाई २२ र २३ तारिख सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया गर्नुहोस्