अब्दुल समादले अन्तिम बलमा छक्का प्रहार गरेपछि हैदरावादले राजस्थानलाई हरायो

आइपिएल २०२३ मा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ।

आइतबार राति भएको खेलमा राजस्थानले दिएको २१५ रनको लक्ष्य हैदरावादले अन्तिम बलमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

अन्तिम बलमा तीन रन चाहिएको अवस्थामा हैदरावादका अब्दुल समादले छक्का हिर्काए। उनले ७ बलमा नटआउट १७ रन जोडे।

त्यसअघि ग्लेन फिलिप्सले ७ बलमा १ चौका र ३ छक्कासहित २५ रन जोडे।

ओपनरद्वय अनमोलप्रित सिंहले ३३ रन र अभिषेक शर्माले ५५ रन जोडे।

बलिङमा राजस्थानका युजवेन्द्र चहलले ४ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २ विकेटको क्षतिमा २१४ रन जोड्यो।

उसका लागि ययश्वी जैशवालले ३५ रन जोड्दा जोस बटलरले ९५ रन र सन्जु सामसनले ६६ रनको योगदान गरे।

अंक तालिकामा हैदरावादले ८ अंक जोडेर पुछारको स्थान छाड्दै नवौं स्थानमा उक्लिएको छ। राजस्थान १० अंकसहित चौथो स्थानमा छ।

प्रतिक्रिया गर्नुहोस्