एनआरएनए अमेरिका मेरिल्यान्ड च्याप्टरमा कुल गुरुङ प्यानल सहित चुनावी मैदानमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको  मेरिल्यान्ड च्याप्टर अध्यक्ष पदका लागि कुल गुरुङ ले आफ्नो उम्मेद्बारी मनोनयन गराएका छन् । जुलाई २२ र २३ तारिख  सम्पन्न  हुने निर्वाचनका लागि गुरुङले उम्मेद्बारी दर्ता गराएका हुन । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर का परिचित ब्यक्तित्व गुरुङ्ले आफ्नो प्यानल बनाएरै चुनावी मैदानमा उत्रिएका हुन ।  

कुल गुरुङको प्यानलमा उपाध्यक्ष किरण पण्डित, महिला उपाध्यक्ष सृजना न्यौपाने, सचिव गोविन्द सापकोटा रहेका छन् ।त्यस्तै महिला सचिव कुशुम खड्का । कोषाध्यक्ष लोकनाथ मरासिनी, युवा संयोजक दामोदर पौडेल, महिला संयोजक गीता सुवेदी र सदस्यहरुमा  बाबुराम भट्टराई, मनलाल जैसी, मोनिका लामिछाने र  विजय अधिकारी रहेका छन् । टीममा केहि बिगतको कार्यसमिति का अनुभवी ब्यक्तित्वहरुका साथमा अधिकांस नयाँ  युवा अनुहारको बर्चस्व रहेको छ ।

सन्देश टुडेको जिज्ञासा मा ‘मेरिल्यान्ड राज्यमा बसोबास गर्ने नेपालीहरुका समस्या र आवश्यकता लाई महशुस गर्दै त्यसको समाधान गर्ने र केन्द्र सँग  समन्वय गरी NRNA का मुद्दाहरुमा लागी पर्ने ‘कुल गुरुङले बताए
 

प्रतिक्रिया गर्नुहोस्