BDA र SANN को चौथो सम्मेलन बाल्टिमोरमा

अमेरिकामा रहेका नेपाली रत्तदाताहरुको संस्था ब्लड डोनर्स अफ अमेरिका तथा नर्सहरुको संस्था सोसाइटी अफ अमेरिकन नेप्लिज नर्स ले संयुक्त रुपमा चौथो सम्मेलन गर्ने भएका छन् ।  
संस्थाको उद्देस्य मिल्दोजुल्दो भएको कारण बिगत देखि नै संयुक्त रुपमा सम्मेलन गर्दै आईरहेका छन् ।मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरमा जुलाई २१ र २२ तारिख चौथो सम्मेलन सम्पन्न गर्ने तय भएको यसका चेयर शुशिल पंगेनिले   सन्देश टुडेलाई जानकारी दिनुभएको छ । चेयर पङेनिका अनुसार सम्मेलन को पहिलो दिन उध्घाटन समारोह रहने छ साथमा गीत ,कविता ,गजल बाचन सँगै रत्तदाताहरुलाई प्रोत्साहन हुने सामाग्री प्रस्तुत हुनेछन् ।सम्मेलनमा करिव दुई सय प्रतिनिधि तथा आगन्तुक सहभागि हुने आयोजक संस्थाले जनाएको छ ।   
ब्लड डोनर्स अफ अमेरिका का निबर्तमान अध्यक्ष डा. नन्द रेग्मीका अनुसार  संस्था २००९ मा स्थापना भएको र गैर नाफामूलक संस्था हो । यस्ले मानिसहरु लाई रक्तदान गर्न अभिप्रेरित गर्छ ।यस्को अमेरिकाका २८ राज्यहरुमा सन्जाल फैलिएको छ । 
त्यस्तै अमेरिकामा रहेका नेपाली नर्सहरुको संस्था सोसाइटी अफ अमेरिकन नेप्लिज नर्स ले पनि स्थापनाकाल देखि नै सामाजिक क्षेत्रमा कार्य गर्दै आईरहेको छ ।बिभिन्न संस्थाहरुलाई आबस्यक पर्ने स्वयम नर्स उपलब्ध गराउने रोग लाग्न बाट बच्ने उपायहरु को प्रचार प्रसार गर्ने काम गर्दै आईरहेको छ ।

प्रतिक्रिया गर्नुहोस्