गायक खड्क गर्बुजाको नयाँ गीत बजारमा आएको छ । गर्बुजाले आफू जन्मिएको कालीगण्डकीको सेरोफेरोमा बज्ने लाहुरे ठाडा भाका गीत ल्याएका छन् । गर्बुजा र ताराश्रीष मगरको स्वर रहेको लोकदोहोरी लाहुरे गीतमा गर्बुजाको शब्द तथा संकलन रहेको छ ।
नयाँ वर्ष २०८० को अवसर पारेर सार्वजनिक भएको म्युजिक भिडियोमा अभिनेता राहुल केसी अभिनेत्री केकी अधिकारीको अभिनय रहेको छ । राहुल लामो समयदेखि अमेरिका बस्दै आएका अभिनेता हुन्। नेपाल आएको बेला खड्क दाईले प्रस्ताव गरेका कारण आफुले यो भिडियोमा काम गरेको उनले बताएका छन् ।भिडियोमा उनी र केकीको जोडी सुहाएको छ ।
लाहुरे ठाडो भाकालाई विवि अनुरागीले एरेन्ज गरेका हुन् भने एरेन्ज श्यामश्वेत रसाइलीको रहेको छ । कलाकार तथा कोरियोग्राफर सुनिल क्षेत्रीको नृत्य हेर्न सकिन्छ त्यस्तै यो गीतमा राजु केसीको भिडियो निर्देशन रहेको छ । केसीएम डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोलाई रक्षा बाँनिया केसी र आकाश केसीले निर्माण गरेका हुन्
प्रतिक्रिया गर्नुहोस्