नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करणमा नेपाली फिल्मतर्फ 'ऐना झ्यालको पुतली' उत्कृष्ट फिल्म घोषित भएको छ।
'ऐना झ्यालको पुतली' ले उत्कृष्ट फिल्मसँगै उत्कृष्ट निर्देशक, पटकथा र स्पेसल मेन्सन अवार्ड जितेको छ। फिल्ममा अभिनय गरेका बाल कलाकार दिनेश खत्रीले आफ्नो प्रस्तुतिका लागि स्पेसल मेन्सन अवार्ड पाएका हुन्।
नेपाली फिल्मतर्फ 'प्रकाश' बाट प्रदीप खड्का र दीया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन्।
समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले फिल्मको महत्वमाथि प्रकाश पार्दै भने, ‘फिल्मले डिप्लोम्यासी रोल गर्छ। त्यसैले हामी आगामी दिनमा निफलाई सक्दो सहयोग गर्नेछौं।’
समापन कार्यक्रममा गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ, प्रकाश सायमी, प्रदिप खड्कालगायत थुप्रै कलाकारको उपस्थिति थियो।
५ दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएका थिए।
निफको छैटौं संस्करणमा कसले कुन अवार्ड पाए :
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म - अ हाउस विथ नो नेम: पातालघर (बंगलादेश)
उत्कृष्ट नेपाली फिचर फिल्म - ऐना झ्यालको पुतली
उत्कृष्ट निर्देशक - सुजित बिडारी (ऐना झ्यालको पुतली)
उत्कृष्ट पटकथा - सुजित बिडारी (ऐना झ्यालको पुतली)
उत्कृष्ट अभिनेता - प्रदीप खड्का (प्रकाश)
उत्कृष्ट अभिनेत्री - दीया मास्के (प्रकाश)
उत्कृष्ट छायांकन - राजेश श्रेष्ठ (प्रकाश)
उत्कृष्ट निर्देशक छोटा फिल्म - प्रद्यूम्न मिश्र (दुविधा)
उत्कृष्ट छोटा नेपाली फिल्म - जुन्को (मिन्सो लिम्बु)
उत्कृष्ट छोटा अन्तर्राष्ट्रिय फिल्म - द बुक (इरान)
उत्कृष्ट छोटा एनिमेटेड फिल्म - द लिजेण्ड अफ गोल्डहन (स्लोभेनिया)
उत्कृष्ट राष्ट्रिय वृत्तचित्र - द टाइगर्स ज
उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री - सोल्स अफ द फरेस्ट (इन्डोनेसिया)
उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म - मेमोरिज अफ ग्लुमी मनसुन्स (बंगलादेश)
प्रतिक्रिया गर्नुहोस्