यस्तो छ आज दिनभरको मौसम

आजबाट मौसममा सुधार आउने जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा छ।

दिउँसोसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भइ तीनै प्रदेशका पहाडी भूभागमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्  समीर श्रेष्ठले जानकारी दिएका छन्।

अन्य स्थानको मौसम सामान्यतया सफा नै रहने उनले जानकारी दिए।

‍काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना कम रहेको मौसमविद् श्रेष्ठले बताए।

हिजोअस्तिको तुलनामा आज बिहान उपत्यकाको तापक्रममा सुधार भएको छ। लगातार मौसम बदली भएका कारण उपत्यका लगायतका स्थानमा बिहान बिहान चिसो महशुस भएको उनले बताए।

मौसममा क्रमिक सुधार भइरहेका कारण तापक्रम पनि बढ्दै जाने उनको भनाइ छ।

'अस्तिसम्म तापक्रम १८ डिग्री थियो, हिजो बढेर २७ पुगेको थियो । अब क्रमशः गर्मी महशुस हुँदै जान्छ,' मौसमविद् श्रेष्ठले भने।

प्रतिक्रिया गर्नुहोस्