छारे रोग भएको कसरी थाहा हुन्छ, उपचार के हो?

छारे रोग भनेको ब्रेनमा करेन्ट पैदा हुने बिमारी हो। ब्रेनको एउटा भागमा आगोको झिल्काजस्तो करेन्ट लाग्छ त्यो शरीरको अरू भागमा फैलिँदै जाँदा समस्या देखिन्छ। जस्तैः अनुहार बांगिने, आँखा बांगिने, मुख बांगिने, मुखमा फिज आउने, र्याल आउने, जिउ दह्रो हुने हुन्छ भने कतिपय क्षणमा दिसा पिसाब समेत नियन्त्रणमा हुँदैन।

यस्ता लक्षणहरूको आधारमा बिरामीको परीक्षण हुन्छ। त्यसकै आधारमा उपचार समेत हुन्छ।स्कुलमा पढिरहेको बच्चा पढाइमा ढिलो हुने अनि टोलाइरहने भयो भने त्यो छारे रोग भएको हुनसक्छ।

छारे रोग हो कि होइन भनेर थाहा पाएपछि नियमित रूपमा ‍औषधि प्रयोग गरेमा ७० देखि ८० प्रतिशत निको हुन्छ।

छारे रोगबाट बच्ने भनेको मस्तिष्कमा लाग्ने चोट र मदिराको सेवनबाट जोगिनु हो। कतिपय खोपले  पनि नियन्त्रण गर्न सकिन्छ।छारे रोगलाई लापरबाही गर्नु भनेको वनमा लागेको आगोको झिल्काजस्तै हो। यो बढ्दै गयो भने मस्तिष्कलाई नै नष्ट गर्छ।

जुकाको फूल मस्तिष्कमा पर्यो भने छारे रोग लाग्ने हो।खाना मजाले पकाएर खायो भने केही कम गर्न सकिन्छ।अर्को कुरा अत्यधिक रक्सी सेवन पनि छारे रोगको कारण हो।

विश्वभरी ५० मिलियन मानिसलाई छारे रोग छ।त्यसको ८० प्रतिशत समस्या हाम्रो जस्तो देशहरूमा छ।यीमध्ये ७० प्रतिशतलाई उपचार गर्न सकिन्छ।यदि लापरबाही गरियो भने तीन गुणा आयु घट्छ।

कतिपय बिरामी चिकित्सकको सम्पर्कमा आउँछन् भने कति आउँदैनन्।कतिपयले त झारफुक गरेर लापरबाही गरेका हुन्छ।त्यस्तै कति बिरामीले आफूखुसी औषधि छोडेका हुन्छन्।जसले गर्दा रोग निको हुन गाह्रो हुन्छ।

यसको नियमित औषधि खानुपर्ने भएकाले सरकारले सकेसम्म निःशुल्क र नसके पनि केही अनुदान दिन सके तल्लो तहका जनतालाई सहज हुन्छ।कुनै त्यस्ता संस्थाले सहयोग गरेमा समेत बिरामीलाई फाइदा पुग्छ।

प्रतिक्रिया गर्नुहोस्