सांगीतिक प्रस्तुतिका लागि ख्यातिप्राप्त गायक राजु लामा बाल्टिमोरमा

सांगितिक प्रस्तुति का लागि अमेरिका रहेका ख्यातिप्राप्त गायक राजु लामाले मेरिल्यान्डको बाल्टिमोरमा अगस्ट २० तारिख आफ्नो प्रस्तुति दिनु हुने भएको छ ।  
पूजा इन्टरटेनमेन्ट र आर एल साउन्ड को संयुक्त प्रस्तुतिमा सम्पन्न हुन लागिरहेको सो कार्यक्रममा राजु लामाले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछन् ।  
लाखौं नेपाली गीत -संगीत प्रेमीहरुका प्रिय पात्र राजु लामाको बाल्टिमोरमा औपचारिक पहिलो कनसर्ट रहेको आर एल साउन्डका संचालक तथा दि एन्जल्स ब्याण्डका राजु लामाले जानकारी गराउनु भएको छ । अन्तररास्ट्रिय नेपाली साहित्य समाज मेरिल्याण्ड शाखाको सहयोगार्थ आयोजना गरिएको यो सांगीतिक कार्यक्रमलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।
रियालिटी सो द भ्वाइस का कोच समेत भई सकेका राजु लामाका हल्ला चलेछ ,हिउँ पर्‍यो फुरुरु,तिमीलाई देखेर हिमाल हाँसेको,पर्खाइमा भिज्यो सिरानी लगायतका सयौं चर्चित गीतहरु रहेका छन।आयोजक सस्था पूजा इन्टरटेनमेन्टकी संस्थापक पूजा चन्दका अनुसार ”राजु लामाका शुभचिन्तकहरुलाई बाल्टिमोरमा आयोजना हुने यो कार्यक्रमले प्रत्यक्ष भेट्ने र प्रत्यक्ष सुन्ने सुनौलो अबसर प्रदान गर्नेछ ।” 
यो सांगितिक कार्यक्रममा दि एन्जल्स ब्याण्ड  को फिचरिङ्ग रहने छ ।कार्यक्रम 1909 Old Eastern Ave अगस्ट २० तारिख आईतवार साँझ सात बजे बाट शुरु हुनेछ ।

प्रतिक्रिया गर्नुहोस्