काठमाडौंको रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ।
रानीपोखरी सर्वसाधारणका लागि खुला गरेपछि हिजोआज मानिसहरूको चहलपहल पनि बढ्न थालेको छ।
गत फागुन २७ गतेदेखि काठमाडौं महानगरपालिकाले बिहान ६ बजेदेखि ८ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको हो।
रानीपोखरी खुलेसँगै स्थानीय बासिन्दा खुसी भएका छन्।
असन, जमल, दरबारमार्ग लगायतका स्थानका स्थानीयहरूलाई मनिङ वाक गर्न पनि सहज स्थान बनेको छ, रानीपोखरी क्षेत्र।
२०७२ को भूकम्पले क्षति पुगेको रानीपोखरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो। त्यसपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरलाई २०७८ पुस ८ गते हस्तान्तरण गरेको थियो।
यसअघि भाइटीका र छठ पर्वमा मात्र खुला गरिँदै आएको रानीपोखरी पहिलो पटक सर्वसाधारणको लागि दिनहुँरूपमा खुला हुन थालेको हो।
रानीपोखरीमा छिर्न कुनै पनि शुल्क लाग्ने छैन।
प्रतिक्रिया गर्नुहोस्