चर्चित युवा गायक भागिरथ चलाउनेको २०८० सालको तीज कोसेली सार्वजनिक गरेका छन् । सार्बजनिक भएको छोटो समयमै गीतले लाखौ दर्सक स्रोताको मन जितेको छ । ‘मायाले त होला’बोलको गीतमा भागिरथ लाई महिला स्वरमा सुनिता बुढा क्षेत्रीले साथ दिएकी छिन् ।चर्चित एरेन्जर बिनोद बाजुरालीले संगीत संयोजनमा तयार भएको गीतमा शब्द, संगीत भागिरथकै छ।
मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा खिचिएको भिडियोमा भागिरथ स्वयंमले अभिनय गरेका छन।उनको जोडीका रुपमा चर्चित नायिका अञ्जना बराईली रहेकी छिन् ।
यो गीतलाई सन्ध्या कंडेलले प्रस्तुत गरेकी हुन भने यो गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन र नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।मेहनत का साथ तयार पारिएको भिडियो भागिरथले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । स्मरण रहोस् भागिरथ र सुनिता बुढा क्षेत्रीको स्वर रहेको तीज गीत ‘झमझम झम्काना’ गतवर्ष अत्याधिक रुचाइएको थियो ।
प्रतिक्रिया गर्नुहोस्