भूषण लाल श्रेष्ठ को सभापतित्वमा ब्लड डोनर्स अफ अमेरिका (बिओडी)को नयाँ कार्यसमिती चयन भएको छ ।मेरिल्यान्डमा सम्पन्न भएको संस्थाको चौथो सम्मेलन बाट श्रेष्ठ सहित सम्पूर्ण पदमा सर्बसम्मत चयन भएका हुन ।
दुई बर्ष कार्यकाल रहने यो समितिको कार्यकारी उप-सभापतिमा शिव काफ्ले साथै उप -सभापतिमा शारदा श्रेष्ठ,टिका पौडेल र सञ्जय श्रेष्ठ छनौट भएका हुन । त्यस्तै सिरोज पोख्रेल महासचिव र सचिवमा शुशिल पंगेनी सर्बसम्मत छनौट भएका हुन ।कोषाध्यक्षको जिम्मेवारी श्रीराम लुईटेल लाई दिइएको छ भने सदस्यहरुमा झमक निरौला, बिरोचन नेपाल, तारा अधिकारी,अजय बगाले र गंगा थापा छनौट भएका हुन ।
ब्लड डोनर्स अफ अमेरिकाले रक्तदान गर्न अभिप्रेरित गर्दै रक्तदान गर्नेहरुलाई हौसला र सम्मान गर्दै आइरहेको छ र यो संस्थाको अमेरिकाका २८ वटा राज्यहरुमा शाखा बिस्तार गरेको छ। यस अघि सम्मेलन को पूर्व सन्ध्यामा करिव १ दर्जन कवि-कवयित्रिहरुले ले कविता वाचन गरेका थिए।सम्मेलन मा अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिनिधिहरु आएका थिए ।सम्मेलन भब्य रुपमा सम्पन्न गर्न साथ सहयोग गर्ने सबैमा चेयर शुशिल पंगेनीले आभार प्रकट गरेका छन।
प्रतिक्रिया गर्नुहोस्