२७ औँ पटक सगरमाथा आरोहण गरेर विश्वकीर्तिमान बनाउँदा आफ्नै रेकर्ड तोड्दै कामीरीता शेर्पा

कामीरीता शेर्पाको जन्म १७ जनवरी १९७० मा सोलुखुम्बुको थामे गाउँमा भएको थियो । कामीरीता एक नेपाली गाइड हुन् । जसले मे १८ देखि सगरमाथाको शिखरमा सबैभन्दा बढी आरोहणको कीर्तिमान राखेका छन् । हालसालै उनले २७ औँ पटक सगरमाथा आरोहण गर्न लागेका छन् । उनले यो भन्दा अगाडीनै २६ औँ पटक सगरमाथा आरोहण गरि सकेका छन् । ७ मे २०२२ मा २६ औँ पटक सगरमाथा आरोहण गरेर ७ मे २०२१ मा आफैले बनाएको कीर्तिमान तोडेका थिए ।

                               हुन त कामीरीताले मात्रै सगरमाथा पटक पटक सहजै आरोहण गरेका हैनन्, उनका भाई लाक्पारीताले पनि १७ औँ पटक सम्म  सफल आरोहण गरि सकेका छन् भने कामीरीताका बुवा पनि सगरमाथा विदेशी पर्वतारोहिहरुका लागि खुला भएपछि पहिलो पेशेवर शेर्पा गाइड मध्येका एक थिए । सन् २०१७ मा कामीरीता शेर्पा २१ औँ  पटक सगरमाथा शिखरको आरोहण  गर्ने विश्वका तेस्रो व्यक्ति बनेका थिए । उनी यतिकैमा सीमीत भएर बसेनन् उनले फेरी प्रयास गरे र १६ मे २०१८ मा ४८ बर्षको उमेरमा  कामीरीता २२ औँ पटक सगरमाथा आरोहण गर्ने विश्वको पहिलो व्यक्ति बने ।

                                       उनले सगरमाथा बाहेकका अन्य हिमालहरु जस्तैः चोयू, केटु, मनास्लु लगायतका  हिमाल पनि आरोहण गरि सकेका छन् । सुरु सुरुमा कामीरीता हिमाल चड्ने पर्यटकहरुको भारि बोक्ने काम गर्थे । २४ बर्षको उमेरमा पहिलो पटक हिमाल चढेका कामीरीताले ५३ बर्षको उमेरमा २७ औँ पटक सगरमाथाको आरोहण गर्दै २६ औँ पटक सगरमाथाको आरोहण गरेर बनाएको आफ्नै कीर्तीमान मात्रै तोडेेनन्  नेपाल  र नेपालीको नाम विश्वमाझ सगरमाथा जस्तै उच्च बनाउने काम समेत गरेका छन् । 

प्रतिक्रिया गर्नुहोस्