सङ्घीय संसद्को दुवै सदनको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज अपराह्न ४ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सूचनामार्फत अनुरोध गरिसकेको छ।
यस अधिवेशनमा मुख्यरूपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ।
प्रतिनिधिसभा बैठकमा आज सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र र मन्त्री पदमा नियुक्तसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन्।
त्यस्तै सभामुखको अनुपस्थितीमा बैठकको अध्यक्षता गर्ने सांसदको मनोनयन गर्ने कार्युसूची छ।
आजकै बैठकमा कानुनमन्त्री धनराज गुरूङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश २०८० पेस गर्ने कार्यसूची छ।
त्यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले र्आिर्थक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।
प्रतिक्रिया गर्नुहोस्