देशका विभिन्न तीन निर्वाचन क्षेत्रहरुमा बैशाख १० मा उपनिर्वाचन हुँदै

भोली अर्थात २०८० साल बैसाख १० गते विभिन्न ३ निर्वाचन क्षेत्र, चितवन क्षेत्र नं. २, बारा क्षेत्र नं. २ र तनहँु क्षेत्र नं. १ मा उपनिर्वाचन हुन गईरहेको छ । चितवन क्षेत्र २ मा गत मंसिर ४ गते भएको प्रतिनिधि सभा तर्फको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशकै सर्वाधिक मतान्तरले निर्वाचित भएका थिए तर उनको नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको विपक्षमा  फैसला गरे पछि उनको सांसद पदमात्र गुमेन गृहमन्त्री तथा पार्र्र्र्टी सभापति पद पनि खारेज भएको थियो र चितवन २ को सांसद पद रिक्त रहेको थियो, त्यसैगरी रामचन्द्र पौडेल राष्ट्रपति तथा रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसगै तनहुँ १ र बारा २ मा पनि प्रतिनिधिसभा पद रित्त भएको थियो । उक्त रिक्त रहेका पद पूर्तिका लागि बैसाख १० .गते तीन वटै निर्वाचन क्षेत्रमा एकै पटक  उपनिर्वाचन हुने छ । 
 

                                 यो सँगै बैसाख १० मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ भने उक्त निर्वाचन. हुने क्षेत्रहरु चितवन २ ,तनहुँ १ र बारा २ मा सरकारले बैसाख १० गतेलाई सार्वजनिक विदा समेत दिने निर्णय गरेको छ । देशका विभिन्न निर्वाचन क्षेत्रहरु मध्ये ३ वटा क्षेत्रहरुमा मात्रै उपनिर्वाचन हुन लागेकाले देशका शिर्ष नेतादेखि पूर्व प्रधानमन्त्रीहरु  सम्मले उक्त उपनिर्वाचनलाई चासोका साथ हेरिरहेका छन । केहि दिन अघि वर्तमान प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु सेर बहादुर देउवा, झलनाथ खनाल, माधव कुमार नेपाल सहितले चितवन र तनहुँका विभिन्न चुनावी आमसभामा  सम्बोधन गरेका थिए । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले बारा क्षेत्र नं.२ मा भएको चुनावी आमसभामा आफ्नो पाटीलाई  भोट हाल्न आव्हान गरेका थिए ।

  
                              पूराना दलहरुले पटक पटक आफैले गरेको बाचा पूरा नगरेकाले मंसिर ४ को निर्वाचनमै मतदाताहरुले  परिवर्तनको संकेत गरि सकेका छन । अबको यो उपनिर्वाचनमा मतदाताहरुले परिवर्तन चाहान्छन् या पूरानै दलहरुमलाई निरन्तरता दिन्छन् यो भने हेर्न बाकि रहेको छ । विशेष गरेर चितवन क्षेत्र नं.२ लाई देशभरि बाटनै विशेष महत्वकासाथ हेरिएको छ । किनकि यो भन्दा अघिल्लो निर्वाचमा रा. स्व. पा. का सभापतिले देशकै सर्वाधिक  मतान्तरले निर्वाचित भएको हुनाले यो पटक उक्त क्षेत्रबाट कसले बाजी मार्ला भन्ने कुरा आम चासोको विषय बनेको छ । 
 

प्रतिक्रिया गर्नुहोस्