सोमपालले क्यानडाको घरेलु लिग खेल्ने

तीव्र गतिका बलर सोमपाल कामीले क्यानडाको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। 

क्यानडामा आयोजना हुने फ्लावर सिटी टी-ट्वान्टी लिग २०२३ मा सोमपाल खेल्ने पक्का भएको हो।

उक्त लिगका लागि सोमपाललाई ओटावा फाल्कोनले आवद्ध गरेको छ।  

लिगमा फल्कोनसहित टोरन्टो लायन्स,वाटरलोड किंग्स,ह्यामील्टन वन्डर्स,मिस्सिसौगा स्कोरपियन्स र ब्राप्टन राईट्सको सहभागीता रहने जनाइएको छ।

६ टोलीको सहभागिता रहने सो लिग आगामी जुनमा आयोजना हुने छ।

प्रतिक्रिया गर्नुहोस्