नेपालले दियो यूएईलाई १९२ रनको लक्ष्य, विजेता टोली यू–१९ विश्वकप पुग्ने

इडेन गार्डेन ओभल मैदानमा नेपालले निकै खराब सुरुआत गरेको थियो । हरिश शेट्टीले खेलको पहिलो बलमै दीपक बोहरालाई बोल्ड गरी नेपाललाई गतिलो झट्का दिए । अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रनमा आउट भएपछि नेपाल सातौं ओभरमा १९–३ को स्थितिमा पुगेको थियो ।

कप्तान देव खनालको अर्धशतकले नेपालले खेलमा पुनरागमन गरेको थियो । उनले उत्तम थापा मगरसँग चौथो विकेटमा ८४ रनको साझेदारी गरे । देवले ५१ रन बनाउनेक्रममा ८४ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । उत्तमले ४८ बल खेली ३ चौका र १ छक्का प्रहार गरी ३६ रन बनाए ।

विशालविक्रम केसीले मध्यक्रममा ३८ रन बनाएपछि नेपालले चुनौतीपूर्ण स्कोर बनाउन सक्यो । उनले ५० बल खेल्दै ५ चौका प्रहार गरे । मिलन बोहरा १० रनमा रनआउट भए । सुवास भण्डारीले २ रनमात्र बनाउन सके । हेमन्त धामीले १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाए । दीपेश कँडेल आउट हुने अन्तिम खेलाडी थिए । उनले ३३ बल खेल्दै १५ रन बनाए ।

 

 

ध्रुव परासरले यूएईबाट ३ विकेट लिए । प्रतियोगितामा उच्च विकेट लिने खेलाडी रहेका उनले ६.५ ओभरमा १ मेडन राख्दै १८ रन खर्चे । हरिश शेट्टी, र कप्तान आयान खानले २–२ विकेट लिए । आयानले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेका थिए ।

प्रतिक्रिया गर्नुहोस्