गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी अमेरिका) अन्तर्गत मेरिल्याण्ड च्याप्टरको अध्यक्ष पदका लागि युवा व्यक्तित्व आर्यन न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन ।
सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति जारी गर्दै उम्मेदवार न्यौपानेले, सबैबाट पाएको हौसला तथा प्रोत्साहनको कारण नै मेरिल्याण्ड च्याप्टर अध्यक्षमा उमेदवारी दिएको बताएका छन । घोषणापत्रको लामो फेहरिस्त भन्दा पनि कार्यमा विस्वास गर्ने स्वभावका कारणपनि आगामि दिनमा एनआरएनए, अमेरिका मेरिल्याण्ड च्याप्टरलाई अझै सशक्त बनाउने उनले बताएका छन् । एनआरएनएमा सबैलाई समेटेर लैजाने र राज्यमा नेपालीको पहिचान र सवाललाई उठाउने न्यौपानेले जनाएका छन ।
पछिल्ला पाँच वर्षदेखि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका आर्यन न्यौपाने, पेशाले एक आईटी इन्जिनियर हुन । प्राविधिक दक्षता भएका आर्यन ,सामाजिक उत्तरदायित्वप्रति उतिकै समर्पित छन् । न्यौपाने, विद्यार्थी जीवनदेखि नै विभिन्न सामाजिक संस्थाहरूसँग जोडिएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । आर्यन न्यौपानेले Heiffer International Youth, Red Cross, र पोखरा JCI जस्ता प्रतिष्ठित संस्थाहरूमा संलग्न भई कार्यानुभव हासिल गरिसकेका छन् ।
टिम वर्क र नेतृत्व गर्ने असाधारण क्षमता भयका न्यौपाने, जसले कुनै पनि चुनौतीपूर्ण परिस्थितिमा समन्वयात्मक रूपमा समाधान निकाल्न मा सक्षम देखिन्छन साथै कार्य सम्पादनका लागि मात्र नभई सम्पूर्ण नेपाली समुदायको लागि गर्वको विषय हो।
आजको समय सहकार्य, समन्वय र स्पष्ट नेतृत्वको हो भन्ने विश्वास दिलाउने न्यौपाने जस्तो युवा,जसले प्रविधि, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई एकैसाथ बोकेर अघि बढ्ने खुबि देखिन्छ, यस्तो साझा मागलाई पुरा गर्न उमेद्वार आर्यन न्यौपाने सक्षम देखिन्छन ।
प्रतिक्रिया गर्नुहोस्