रहिनन् अमिताभ बच्चन र धर्मेन्द्रको अनस्क्रिन आमा सुलोचना लाटकर सेतोपाटी कला सेतोपाटी कला

 

'नागिन' र 'अब दिल्ली दुर नहीं' जस्ता चर्चित बलिउड फिल्ममा काम गरेकी सुलोचना लाटकरको निधन भएको छ।

आइतबार ९४ वर्ष उमेरमा उनको निधन भएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार अस्पतालमा उनको उपचार चलिरहेको थियो। 

उनकी छोरी कन्चनले भारतीय सञ्चारमाध्यम एबिपीसँग कुराकानी गर्दै आफ्नी आमालाई लामो समयदेखि श्वासप्रश्वास सम्बन्धि बिमारी देखिएको बताएकी छन्। सुलोचनालाई भेन्टिलेटरमा राखेर अक्सिजन दिइरहेको थियो। 

सुलोचनाले अमिताभ बच्चन र दिलीप कुमार र धर्मेन्द्र जस्ता कलाकारको आमाको भूमिका निर्वाह गरेकी छन्। उनले सन् १९४० देखि आफ्नो फिल्मी यात्रा सुरू गरेकी थिइन्।

प्रतिक्रिया गर्नुहोस्