लोकप्रिय मेसेजिंग एप ह्वाट्सएपमा एउटा निकै उत्कृष्ट तथा बहुप्रतिक्षित फिचर थप हुने भएको छ । यो फिचरको मद्दतले प्रयोगकर्ताहरुले ह्वाट्सएपबाट ब्लुटुथमा जस्तै गरी सजिलैसँग फाइलहरु ट्रान्सफर गर्न सक्नेछन् ।
ब्लुटूथ जस्तै यो फिचरमार्फत् प्रयोगकर्ताहरुले ह्वाट्सएपबाट ठूला-ठूला फाइलहरु पनि सजिलैसँग अरुलाई पठाउन तथा प्राप्त गर्न सक्नेछन् ।
यसका लागि ह्वाट्सएपमा नयाँ फाइल ट्रान्सफर फिचर थप्न लागिएको छ ।
जस अनुसार यो फिचरको मद्धतले प्रयोगकर्ताहरुले आफ्नो नजिकमा रहेका मानिसहरुसँग आफ्ना फाइलहरु शेयर गर्न सक्नेछन् । यसका लागि एपमा एक नयाँ अप्सन मिल्नेछ जसको नाम People Nearby हुनेछ ।
नजिकै रहेको व्यक्तिले पनि आफ्नो ह्वाट्सएपमा यो अप्सन सक्रिय बनाएर फाइल शेयरिंग स्वीकार गरेसँगै सो डिभाइसमा कुनै फाइल पठाउन सकिनेछ । ह्वाट्सएपमा हाल यो फिचर परीक्षणको अवस्थामा रहेको बताइएको छ।
स्मरण रहोस् ह्वाट्सएपले २ जिबीसम्मको फाइल शेयर गर्न सकिने नयाँ फिचरको घोषणा यसअघि नै गरिसकेको छ ।
प्रतिक्रिया गर्नुहोस्