गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)अमेरिकाको निर्वाचनले केन्द्र देखि च्याप्टर सम्म माहौल तातिरहेको छ ।केन्द्रमा दिलु पराजुली,अर्जुन बन्जाडे र सुमन थापाको त्रि-पक्षीय भिडन्त हुने सम्भावना बलियो छदैछ ।तथापी निर्वाचन आयोगले जुलाई ९ तारिख आईतवार उम्मेद्वार ले आफ्नो मनोनयन फिर्ता लिने समय सिमा राखेको छ । त्यो दिनले प्रतिस्पर्धा को बाटो थप प्रस्ट पार्नेछ ।
यसै बिच अमेरिकाका बिभिन्न च्याप्टरको चुनावी सरगर्मी तातिनै रहेको छ ।केहि राज्यहरुमा सर्बसम्मत रुपमा पदाधिकारी छनौट भएका छन भने कतिपयमा चुनावी प्रतिस्पर्धा हुनेछ ।
हजारौँ नेपालीहरुको बसोबास भएको राज्यको रुपमा मेरिल्यान्ड लाई लिने गरिन्छ ।सिंगो अमेरिका मै मेरिल्यान्ड च्याप्टर लाई बिशेष महत्वका साथ हेरिने गर्दछ ।मेरिल्यान्ड च्याप्टरमा प्रेम सुबेदी र कुल गुरुङ का छुट्टा छुट्टै प्यानल भए सँगै चुनावी परिणाम कस्को पक्षमा जाने हो हेर्न बाँकी छ ।
यसै क्रममा दुई समूहले नै ‘आफ्नो समूहका पदाधिकारी’ भनेर प्रचार गरिएका चार उम्मेद्वारहरु निर्बिरोध निर्वाचित भएका छन् ।यद्यपी निर्वाचन आयोगले निर्बिरोध निर्वाचित घोषणा गर्न बाँकी नै छ ।नयाँ अनुहारको रुपमा प्रस्तुत भएकी महिला उपाध्यक्षको पदकी श्रीजना न्यौपाने निर्बिरोध निर्वाचित भएकी छिन् ।त्यस्तै नयाँ जोश र जाँगरका साथ समाज सेवामा प्रबेश गरेकी कुशुम खड्का महिला सचिव पदमा निर्बिरोध निर्वाचित भएकी छिन् ।यता समाज सेवामा खट्न मन पराउने युवा ब्यक्तित्व दामोदर पौडेल युवा सम्योजकमा अर्को कुनै पनि ब्यक्तिको मनोनयन नपरेपछि निर्बिरोध निर्वाचित भएका हुन ।साथै नव आगन्तुक गीता सुबेदी पनि महिला सम्योजकमा निर्बिरोध निर्वाचित भएकी हुन ।
अध्यक्ष ,उपाध्यक्ष ,सचिव र कोषाध्यक्षमा दुई-दुई जनाको उम्मेद्वारी परे सँगै चुनाव हुने छ । सात जना सदस्य निर्वाचित हुने प्राबधान रहेको र दश जना उम्मेदवारहरुको मनोनयन परेकोले सदस्य पदमा समेत निर्वाचन हुनेछ ।
मुख्य पदमा महिला उम्मेद्वार को चुनाव नभैइ निर्बिरोध निर्वाचित हुनुलाई बिशेष महत्वका साथ हेरिएको छ । यस्ले महिलाहरुलाई समाजसेवाको बाटोमा लाग्न प्रेरित गरेको सहजै अनुमान लगाउन सकिन्छ ।
एनआरएनए अमेरिका,मेरिल्याण्ड शाखाका चार उम्मेद्वारहरु निर्बिरोध निर्वाचित

प्रतिक्रिया गर्नुहोस्