गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका,मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा समाजसेवी कुल गुरुङ झन्डै दोब्बर मत अन्तरले विजयी भएका छन् ।
संघको हालै सम्पन्न निर्वाचन मा अध्यक्ष का अर्का प्रत्यासी प्रेम सुबेदी लाई भारी मतान्तरले पराजीत गर्दै अध्यक्ष पदमा गुरुङ निर्वाचित भएका हुन ।निर्वाचन आयोगका अनुसार कुल गुरुङले नौ सय चौतीस र प्रेम सुबेदीले चार सय उनान्सय मत प्राप्त गरेका थिए ।त्यस्तै कुल गुरुङको प्यानल बाट उपाध्यक्षमा किरण पण्डित र सचिवमा गोविन्द सापकोटा निर्वाचित भएका छन् । कोषाध्यक्षमा जनक पुन मगर निर्वाचित भएका छन् ।जनक मगर ,प्रेम सुबेदी प्यानल बाट उम्मेद्वार थिए ।त्यस्तै बोर्ड अफ डाईरेक्टरमा मनलाल जैसी,विजय अधिकारी ,बाबुराम भट्टराई,मोनिका लामिछाने, नारायण अधिकारी,ओम काजी गुरुङ र रोशनी सापकोटा विजयी भएका छन् ।
त्यसो त महिला उपाध्यक्ष पदमा श्रीजना न्यौपाने ,महिला सचिव पदमा कुशुम खड्का ,युवा संयोजक दामोदर पौडेल र महिला संयोजक गीता सुबेदी यस अघि नै निर्बिरोध निर्वाचित भएका हुन
प्रतिक्रिया गर्नुहोस्