अगस्ट २७ तारिख म्याग्दी समाज अमेरिकाको बृहत बनभोज हुने

म्याग्दी समाज अमेरिकाले यहि अगस्ट २७ तारिख आईतवार मेरिल्यान्डको बाल्टिमोरमा रहेको गनपाउडर् फल्स स्टेट पार्क (7200  Graces Quarters Rd Baltimore,MD 21220 ) मा ग्रिस्मकालिन बनभोज आयोजना गर्ने भएको छ | प्राकृतिक स्रोत र साधनले भरिपूर्ण म्याग्दी जिल्ला बाट अमेरिकाको मेरिल्यान्डमा आई ब्यापार, ब्याबसाय, पढाई  तथा जागिरको सिलसिलामा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी समाज अमेरिकाले यो बनभोजको आयोजना गर्ने भएको हो ।

अमेरिकाको मेरिल्यान्ड राज्यमा करिव दुई हजार भन्दा बढी संख्यामा रहेका म्याग्देलीहरुले हरेक बर्ष बनभोजको आयोजना गर्दै एक आपसमा दु:ख-सुख बाँड्दै आई रहेका छन्। म्याग्दी समाज अमेरिकाका पूर्व महासचिव,पत्रकार तथा समाजसेवी निलम थापाका अनुसार बिविध सांस्कृतिक प्रस्तुतिका साथमा किसिम किसिमका मिस्ठान्न परिकार को ब्यबस्था रहनेछ।बनभोजमा डोरी तान्ने,छेलो जस्ता आकर्षक खेल खेलिने छ,साथै अन्तरपालिका स्तरिय भलिबल प्रतिगोगिता ले बनभोजको रौनकता थप्ने छ।यो बिशेष जमघट सहितको बनभोजमा सज्जन बोहोरा लगायतको टोलीले प्रत्यक्ष दोहोरि गाएर दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछन । म्याग्दी  जिल्ला बाट अमेरिका आई मेरिल्यान्ड र यसका आसपासमा रहनु भएका सम्पूर्ण म्याग्देलीहरुलाई  यो बनभोजमा जम्मा भएर एक आपसमा दु:ख सुख बाँड्नु हुन समाजका अध्यक्ष अर्जुन शाहीले अनुरोध गरेका छन्।

बनभोज सम्पन्न गर्नका लागि बसेको संस्थाको बैठकको निर्णय सुनाउँदै संस्थाका महासचिव किशोर शर्मा भन्छन् ” यो बनभोजमा सहभागी हुन १५ डलर शुल्क तिर्नु पर्नेछ ।मात्र १५ डलरमा मिस्ठान्न परिकार का साथ मनोरन्जन प्राप्त गर्न सक्नु हुनेछ ।” शर्माका अनुसार यो पिकनिकमा म्याग्देली लगायत ईच्छुक जो कोहि सहभागी बन्न सक्नेछन । मिलनसार र सहयोगी भावनाले भरिएका म्याग्देलीहरुले बनभोज लगायत विभिन्न अवसरमा नेपालीहरुलाई एकीकृत गर्दै बन्धुत्वको भावनालाई दरिलो बनाउदै आइरहेका छन् । 

प्रतिक्रिया गर्नुहोस्