सिटिइभिटीको गाडी सुनकोशीमा खस्यो: ३ बेपत्ता, १ जनाको उद्धार

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन्। एक जनाको उद्धार गरिएको छ।

सिन्धुलीको गोलञ्जोर  गाउँपालिका वडा नम्बर ७ लौकुनबाट गाडी सुनकोशी नदीमा खसेको हो। सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी शुक्रबार बिहान करिब ११:३० बजे नदीमा खसेको हो।

सडकबाट करिब १ सय ५० मिटर तल नदीमा गाडी खसेको प्रहरीले जनाएको छ।

गाडीमा ४ जना सवार थिए। चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी घाइते छन्। उनको उद्धार गरिएको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । तीन जना भने बेपत्ता छन्।

प्रतिक्रिया गर्नुहोस्