काठमाडौंको शान्तिबाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको छ। केही दिनदेखि देशका विभिन्न ठाउँबाट आएर शान्तिबाटिकामा बसिरहेका मिटर ब्याज पीडितहरूले आज सिंहदरबार घेर्ने कार्यक्रम थियो।
त्यसैका लागि जाने क्रममा सोमबार प्रहरीसँग झडप भएको हो। झडपमा परी केही मिटर ब्याजसँगै प्रहरी पनि घाइते भएका छन्।
प्रतिक्रिया गर्नुहोस्