चितवन क्षेत्र नम्बर २ को मतगणना सोमबार दिउँसो १ बजेबाट सुरू हुने भएको छ।
आइतबार भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन सकेपछि मतगणना हुन सकेको थिएन। सोमबार बिहान सर्वदलीय बैठक बसेको थियो।
उक्त बैठकपछि दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आचारसंहिताको उल्लंघन गरेको र माफी माग्नुपर्ने अडान लिएपछि मतगणना सुरू भएको थिएन। यहाँ नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्।
बारा क्षेत्र नम्बर २मा पनि मतगणना हुन सकेको छैन। यता तनहुँ क्षेत्र नम्बर १मा भने मतगणना भइरहेको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले अगाडि छन्। पछिल्लो मतपरिणामअनुसार उनले १० हजार ५३७ मत पाएका छन्।उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५ हजार ३३६ र नेकपा एमालेका सर्वेन्द्र खनालले ३ हजार २९१ मत पाएका छन्।
प्रतिक्रिया गर्नुहोस्