नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रमको आज अवलोकन एवं निरीक्षण गरेका छन्।

उनले नेपाली कांग्रेसका संस्थापक नेता एवं‌ पूर्वप्रधानमन्त्री भट्टराईको शालिकमा माल्यार्पण समेत गरेका थिए। 

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, पूर्वराजदूत एवम् नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय लगायतले स्वगत गरेका थिए।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराएकी थिइन्।

आज मात्रै उनी कीर्तिपुरस्थित पुष्पलाल पार्कमा पुगेर पुष्पलाल श्रेष्ठको शालिकमा माल्पार्पण गरेका थिए। 

प्रतिक्रिया गर्नुहोस्