सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याउने रीति नै बसेछ: सांसद श्रेष्ठ (भिडिओ)

https://youtu.be/EIcc88lYdZc

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मंगलबारको संसद बैठक आकस्मिक स्थगित गरेकोमा प्रश्न उठाएकी छन्। 

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै श्रेष्ठले क्याबिनेट बैठक छ भनेर प्रतिनिधि सभा बैठक स्थगित गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

‘क्याबिनेट र संसदबीच त समन्वय गर्न सक्दैनौं भने ठुल्ठूला परियोजनामा धेरै मन्त्रालय र   निकायबीच कसरी समन्वय गर्छौँ?’ उनले प्रश्न गरिन्। 

मंगलबार संसद बैठक बसेको दुई घन्टापछि सभामुख देवराज घिमिरेले त्यसदिनको कार्यसूची हटाएर बैठक स्थगित गरेका थिए। 

सांसद श्रेष्ठले एउटा बैठक बस्दा दस लाख खर्च हुने बताउँदै पूर्वसूचना पाए दस लाख जोगाउन सकिने बताइन्। 

 

 

‘सरकारले कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने अवस्थामा १० लाख रकम हामीले बँचाउन सक्दैनथ्यौं ? के करदाताको पैसा त्यति सस्तो छ?,’ उनले भनिन्, ‘आफ्नो खल्तीबाट पैसा नजाने भएपछि मलाई बाल.. भन्न पाइन्छ र? 

उनले सरकारको मनोमानीमा सदनको समय र देशको ढुकुटी रित्याउने रिती नै बसेको बताइन्। ‘कसरी पचेको यो हामीलाई ? गल्तीलाई गल्ती भनौं र स्वीकार गरौं,’ उनले भनिन्। 

 

प्रतिक्रिया गर्नुहोस्