ईनास रास्ट्रिय सम्मान को सम्पूर्ण तयारी पूरा

नेपाली कलाकारहरूको अन्तर्राष्ट्रिय संजाल अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिकाले गर्ने इनास रास्ट्रिय सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ। जुन २१ शनिबार अर्थात् भोलि अमेरिकाको मेरिल्यान्डस्थित रोडमा अवस्थित एक विशेष हलमा यो कार्यक्रम हुनेछ।

आयोजक संस्था इनास अमेरिकाका अध्यक्ष राहुल केसीका अनुसार यो कार्यक्रममा समाजमा उल्लेखनीय कार्य गर्नुभएका करिब डेढ दर्जन व्यक्तित्वहरुलाई इनासले सम्मान गर्दैछ। साथै यो कार्यक्रममा विविध नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरु रहनेछन् कार्यक्रममा पेन्सिलभेनिया न्युयोर्क भर्जिनिया केन्टकी लगायतका राज्यहरुबाट ख्याति प्राप्त कलाकारहरूको उपस्थित हुने भएको छ कलाकारहरु उपस्थित हुनुहुने भएको छ ।

अध्यक्ष राहुल केसीले दिनुभएको जानकारी अनुसार सम्भवत यो कार्यक्रममा हालसम्मकै सबैभन्दा धेरै सेलिब्रिटीहरु जम्मा हुँदैछन्। रेड कार्पेट सहितको यो ऐतिहासिक कार्यक्रमलाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउन स्वयंसेवकको टोली तयार पारिएको छ। त्यस्तै आकर्षक तवरले सजिएको कार्यक्रम हलमा सम्पन्न हुने यो कार्यक्रममा जो कोही निःशुल्क रुपमा सहभागी हुन सक्ने आयोजकले जानकारी गराएको छ ।

प्रतिक्रिया गर्नुहोस्

छुटाउनुभयो कि ?