हुँदा खाँन्छु ,हुँदा लाउँछु यसैमा छ मज्जा
रेशमैको बुट्टे सारी किन चाहियो राजा
चोली पुरानै,सारी पुरानै ,किन लाउन पर्यो र हो सुनको चुरा नै
“चोली पुरानै सारी पुरानै ” नामक गीतका प्रस्तुत हरफहरुले बोल्छन् यो गीत सन्देशमुलक र यथार्थपरक छ । तीज नेपाली हिन्दू महिलाहरुको महान चाड हो । वर्ष दिन भरिका दु:ख पिरहरुलाई माइतीमा गएर पोख्ने अनि दुख साटासाट गर्ने चाडको रुपमा तीजलाई चिनिदै आइएको छ ।अनि तीज गीत महिलाहरुले खुशी,पिर ब्यथा र उमङ पोख्ने माध्यम थिए । तर केहि वर्ष देखि तीज विकृत बन्दै गैरहेको छ र हाम्रो समाज समेत यस्को तडक-भडकले घाइते भैरहेको छ । तडक भडक लाई कम गर्न सहयोग पुर्याउने चेस्टा गरेको छ माथि उल्लेखित गीतले ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर दर्जनौँ गायक-गायिकाहरुले आफ्ना गीतहरु सार्बजनिक गर्ने क्रम चलिरहेको छ ,यसै क्रममा ख्यातिप्राप्त कलाकार लिलु गुरुङ्गको “चोली पुरानै साडी पुरानै” बोलको तीज गीतले सांगीतिक बजार तताइरहेको छ । अमेरिकाको टेक्सास निवासी लिलु गुरुङको आफ्नै युट्यूब च्यानल मार्फत सार्बजनिक गरिएको छ । यो गीतमा सुनिल तामाङ्,ज्योति गुरुङ्ग र शान्ति गुरुङ्गले मुख्य भूमिकामा अभिनय गरेका छन् । अमेरिकाको ब्यस्त जीवनशैलीमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय गीतकार लिलु गुरुङको शब्द तथा लयमा तयार भएको गीतमा बर्तमान समयकी शक्तिशाली गायिका शान्ति श्री परियारले गाउँनु भएको छ । साथै पुरुष स्वर चाँही सुदिप सागरको रहेको छ अमेरिकामै रहेका ख्यातिप्राप्त नृत्य निर्देशक शिब बिकको निर्देशन तथा कोरियोग्राफिमा तयार भएको भिडियोलाई गोहन आलेले खिचेका हुन् भने भिडियो सम्पादन मिलन बिस्वकर्मले गरेका हुन् ।
“लिलु”नेपाली गीतसंगीत तथा साहित्यको क्षेत्रका लागि नौलो नाम होइन । उहाँले साठीको दशकमा नेपाली गीतसंगीतलाई दिएको योगदान कसैले भुल्नै सक्दैन ।लिलुको तरंग गीतिसंग्रहमा समाबेश ”जहाँ तिमी त्यहाँ म हुन नपाउँदा तिमी रुँदा तिमी सँगै रुन नपाउँदा “बोलको गीत होस या त “नबुझेको हैन तिमीलाई न चिनेको होइन “ बोलको गीत कालजयी बनेर हरेक स्रोताको मन मस्तिस्कमा बास बसेको छ ।”यसै बर्ष घरको धुरी छाउनु पर्ने थियो “बोलको गीतले अझै पनि हजारौँ लाई रुवाई रहेको छ ।
सन्देश टुडेको तर्फबाट नेपाली गीत-संगीत क्षेत्रलाई करिव १ दर्जन गीतिसंग्रह दिएर योगदान दिनु हुने लिलु गुरुङलाई नयाँ गीत “चोली पुरानै सारी पुरानै ” को सफलताको शुभकामना
प्रतिक्रिया गर्नुहोस्