मेरिल्याण्ड राज्यका विधानसभा सदस्य ह्यारी भण्डारीलाई पितृशोक

मेरिल्याण्ड राज्यका विधानसभा सदस्य ह्यारी भण्डारीका पिता अमर बहादुर भण्डारीको असामयिक निधन भएको छ। करिब दुई वर्षदेखि प्राणघातक रोग संग लडिरहनु भएका भण्डारीको ७९ वर्षको उमेरमा अमेरिकाको बाल्टिमोरस्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ। पर्वत जिल्ला फलेवास नगरपालिका–थापाठानामा स्थायी ठेगाना भएका स्वर्गीय भण्डारीको शुक्रबार स्वर्गारोहण भएको हो। केहि महिना अघि देखि हिडडुल गर्न नै मुस्किल परेका अम्मरले  घरमै आराम गरिरहनु भएको थियो । भण्डारीका तीन छोरा,बुहारी एच.बी. भण्डारी, कोशीश भण्डारी र प्रविण भण्डारी सहित श्रीमती स्थायी रूपमा बाल्टिमोरमा बसोबास गर्दै आएका छन्। उहाँका चार छोरी–ज्वाइँ भने नेपालमै रहनु भएको छ। उहाँको पार्थिव शरीरलाई बाल्टिमोर स्थित आफ्नै निवाशमा राखिएको छ भने उहाँको अन्त्यस्ठी भोलि  गरिने  पारिवारिक स्रोतले जानकारी गरेको छ ।

यस दुःखद घडीमा हामी स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं।

प्रतिक्रिया गर्नुहोस्