मगर संघ अमेरिकाको नवौं राष्ट्रिय महाधिबेशन सम्पन्न, याम बहादुर पुन को अध्यक्षतामा नयाँ कार्यसमिति गठन

कोलोराडो अमेरिका । मगर संघ अमेरिकाको केन्द्रिय अध्यक्षमा याम बहादुर पुन मगर सर्बसम्मत चयन भएका छन ।अमेरिकाको कोलोराडोमा सम्पन्न संघको नवौं राष्ट्रिय महाधिबेशनबाट याम सहित सम्पूर्ण  पदाधिकारी  सर्बसम्मत चयन भएका हुन ।मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका कोलोराडो च्याप्टरको मुख्य ब्यबस्थापनमा सम्पन्न सो महाधिबेशन बाट संस्थाको बरिस्ठ उपाध्यक्षमा दीप कुमार बुढामगर सर्बसम्मत छानिएका छन ।त्यस्तै बिधान बमोजिम अमेरिकाको पूर्बी क्षेत्रबाट उपाध्यक्षको जिम्मेवारी जिव राज बुढामगर र पश्चिम क्षेत्रबाट मिन दर्लामी मगरलाई दिईएको छ । भाषा अन्तर्गत उपाध्यक्ष पदमा गणेश आलेमगर निर्बिरोध छनौट भएका छन भने महिला उपाध्यक्षमा जेनिशा घर्तिमगर लाई अगाडि सारिएको छ ।  
‘अमेरिकाको मूल प्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता ; उदाउँदो मगर पुस्तालाई मगर भाषा,संस्कार,संस्कृति र नेतृत्व हस्तान्तरण आजको आवश्यकता ’’ भन्ने मूल नाराको साथ साथ सम्पन्न भएको सो सम्मेलनबाट महासचिव पदमा भुवन सिंह आलेमगर र सचिवमा पूर्ण बहादुर पाइजामगर सर्बसम्मत छनौट भएका छन। संस्थाको कोषाध्यक्ष को जिम्मेवारी याम कुमारी थापा मगरलाई र रुपा सिन्जाली मगरलाई सह कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै सदस्यहरुमा बिकास घर्तिमगर, कमल बहादुर सारुमगर ,केश बहादुर पुन मगर ,कमला थापा सारु मगर ,केशब बहादुर थापामगर ,प्रदिन सुइयाल  मगर, प्रकाश रानामगर रहेका छन्।

महेन्द्र थापा मगरको प्रमुख आतिथ्य तथा संघका केन्द्रिय अध्यक्ष कुलदीप रानामगरको सभापतित्वमा सम्पन्न महाधिबेशन मा पचास्  हजार डलर राशिको आपतकालिन कोष स्थापना भएको घोषणा गरिएको थियो साथै मगर समुदायबाट प्रतिनिधित्व गर्ने तीन जना जेहेन्दार बिद्यार्थीहरुलाई १ हजार डलरको दरले पुरस्कार बितरण गरिएको थियो ।  
मगर संघ अमेरिकाको स्थापना सन २००४ मार्च २८ को दिन न्युयोर्कमा  भएको हो। यस संस्थाका सस्थापक अध्यक्ष दल बहादुर बुढाथोकी मगर हुन भने संस्थाका कार्यकारी सस्थापक अध्यक्ष निलम थापा मगर रहेका छन्। संघको हाल ६ वटा राज्यहरुमा च्याप्टर गठन गरी स्थानीय सरकार र संघीय सरकार सँग सहकार्य गरी न्युयोर्क राज्यको वुडसाइडमा केन्द्रीय सम्पर्क कार्यलय रहेको छ ।
 

प्रतिक्रिया गर्नुहोस्