अमेरिकाको बाल्टिमोरमा नयाँ समाज जन्मियो

नेपालमा मध्यपश्चिम घर भइ हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गरिरहनु भएका नेपालीहरको संस्था  मध्यपश्चिम समाज मेरिल्याण्ड को  नयाँ कार्यसमिति चयन भएको छ ।
समाजको नयाँ कार्यसमितिको अध्यक्षमा कृष्ण चन्द निर्बिरोध चयन हुनुभएको छ  । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सुरेश कुमाल, महासचिवमा लोकेन्द्र वली चयन भएका छन् ।
त्यस्तै  उपाध्यक्षमा राजन देवकोटा, सचिव खेमराज थापा, कोषाध्यक्षको जिम्मेवारी तिला खत्री लाई दिइएको छ  ।
त्यस्तै सदस्यहरूमा रमेश क्षेत्री,योगेन्द्र खत्री, शोभा वली, भविसरा सावद, हिक्मत बसेल, र बसन्त गिरी तथा केशव देवकोटा चुनिनु भएको छ ।
संस्थाका सल्लाहाकार  संयोजकमा राजन सुनार सदस्यहरूमा बासुदेव पोखरेल, उत्तम गौली, हिक्मत बिक, राज बोहरा, परशुराम  देबकोटा,शंकर ओली, कन्हैया सिंह परियार, श्याम गुरूङ, बाबुराम भट्टराई,दिपेश रावत, नेत्र अधिकारी, लक्ष्मीराम शाह र शोभा गौतम रहेका छन् ।
अमेरिकाको बाल्टिमोर शहर,जहाँ ३ दर्जन भन्दा बढी क्षेत्रीय र जातीय संघ संस्थाहरु समाजसेवाको नाममा सक्रिय रहेका छन् । दर्जनौ संघ संस्थाहरु भएको बाल्टिमोरमा जन्मिएको मध्य पश्चिम समाज मेरिल्याण्डले समाज सेवाको क्षेत्रमा छलांग मार्न सकोस हाम्रो शुभ कामना ।

प्रतिक्रिया गर्नुहोस्