बाल्टिमोर । नेपालका पर्यटकिय शहरहरु मध्ये पोखरा अग्रपंतिमा आउने गर्दछ । स्वाभाविक रुपमा पोखरेलीहरु मनकारी र सहयोगी भावनाका हुन्छन भनेर चिनिन्छन। पोखरा अर्थात कास्की जिल्ला बाट अमेरिका आएका कस्केलीहरुको अमेरिकामा समाज छ, 'कास्की समाज अमेरिका' । कास्की समाज अमेरिकाले यहि अगस्ट १३ तारिख आईतवार मेरिल्यान्डको बाल्टिमोरमा रहेको गनपाउडर् फल्स स्टेट पार्क (7200 Graces Quarters Rd Baltimore,MD 21220 ) मा ग्रीश्मकालिन बनभोज आयोजना गर्ने भएको छ |
कास्की जिल्ला बाट अमेरिकाको मेरिल्यान्डमा आई ब्यापार, ब्याबसाय, पढाई तथा जागिरको सिलसिलामा रहेका कस्केलीहरुले यो बनभोजको आयोजना गरेका हुन | कास्की समाज अमेरिकाका पूर्व अध्यक्ष तथा सल्लाहकार कुल गुरुङको संयोजकत्वमा मूल ब्याबस्थापन समिती तयार भएको छ । संयोजक कुल गुरुङका अनुसार यो बनभोजमा मिठा-मिठा परिकार् बनभोज स्थलमै तयार पारी खाँदै रमाउदै ,खेल खेल्दै ,गीत-संगीतको माहौलमा झुम्न पाइने छ ।
भरत बराइली, रमेश श्रेष्ठ, मदन सुबेदि, भरत थापा(१ ), र भरत थापा(२ ) लगायतका संस्थाका कर्मठ ब्यक्तित्वहरुको अथक मेहनतले बनभोज भब्य र सभ्य रुपमा सम्पन्न हुने, संस्थाका उपाध्यक्ष भरत थापाले सन्देश टूडेलाई बताए ।
आयोजक संस्था कास्की समाज भए पनि नेपालका बिभिन्न जिल्लाहरुबाट अमेरिका आई मेरिल्यान्डमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरु नि:शुल्क सहभागी हुन पाउने संस्थाका महासचिव रमेश श्रेष्ठ बताउँछन ।
। श्रेष्ठ थप्छन 'सहभागीहरुलाई मनोरन्जन प्रदान गर्न DJ को समेत ब्याबस्था गरिएको छ ।
। यो बनभोज कार्यक्रममा खेल तथा मनोरन्जनले प्राथमिकता पाउने छ | यो बनभोज कार्यक्रममा मन्तब्य र भाषण भन्दा खेल तथा मनोरन्जनले प्राथमिकता पाउने छ |
एक अर्कामा चिनजान गर्दै छेलो,बिंगो लगायतका आकर्षक खेल खेलेर भरपुर मनोरन्जन लिन सकिने आयोजक संस्थाले जानकारी गराएको छ ।
प्रतिक्रिया गर्नुहोस्