अमेरिका आई यहाँका विभिन्न कलेजहरूमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मेरिल्याण्डको बाल्टिमोरमा राहत सामाग्री वितरण गरिने भएको छ। समाजसेवी योगेन्द्र छन्त्यालको संयोजकत्वमा गर्न लागिएको यो राहत वितरणमा विद्यार्थीहरूलाई आवश्यक पर्ने दाल,चामल,तरकारी लगायतका खाद्यान्न सामग्री प्रदान गरिनेछ। संयोजक छन्त्यालका अनुसार विद्यार्थीहरूले बाल्टिमोरको पेरिहल स्थित स्वदेश ग्रोसरी स्टोरबाट भोलि अर्थात् मार्च ३० तारिख आइतबार बिहान ११ देखि २ बजेसम्म राहत सामग्री प्राप्त गर्नेछन्। यो राहत सामग्री प्राप्त गर्न विद्यार्थीहरूले आफ्नो अन्तर्राष्ट्रिय विद्यार्थी खुल्ने परिचयपत्र साथमै लिएर आउनुपर्नेछ। साथै विद्यार्थीहरूको व्यक्तिगत गोपनियतालाई ध्यानमा राख्दै कुनै पनि फोटो भिडियो नखिचिने संयोजक छन्त्यालले संदेश टुडेलाइ बताउनु भयो । थप जानकारीका लागि ४४३७४३६४८६ मा सम्पर्क गर्न सक्नु हुनेछ । हाल अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विविध समस्याहरू भोगिरहेका छन्। अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कलेजले तोकेको काम बाहेक बाहिर स्टोरहरुमा काम गर्नु गैरकानुनी मानिन्छ।
अमेरिकामा अन्तरास्ट्रिय बिध्यार्थिहरुलाई राहत वितरण गरिने

प्रतिक्रिया गर्नुहोस्